काठमाण्डु उडेको प्रभूको हेलिकप्टर दैलेखमा आकस्मिक अवतरण

संवाददाता
संवाददाता

२१ असार २०८२ शनिबार 

सुर्खेत – हुम्लाबाट बिरामी बोकेर काठमाण्डुका लागि उडेको प्रभू हेलिकप्टर दैलेखको तल्लो डुंगेश्वरमा अवतरण गरेको छ ।

एनजी–एएनएल कल साइनको हेलिकप्टर खराब मौसमका कारण दैलेखको गुराँस गाउँपालिका–२ तल्लो डुंगेश्वरमा अवतरण गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक लालबहादुर सुनारले जानकारी दिए ।

हुम्लाको हिल्साबाट बिरामी लिएर काठमाण्डुका लागि उडेको हेलिकप्टर बाक्लो कुहिरोका कारण अगाडिको बाटो देख्न नसकेपछि आकस्मिक अवतरण गरिएको प्रभू हेलिकप्टरका प्रवक्ता नोवेलकुमार राजलवटले बताए ।

दिउँसो २:३० दैलेखको तल्लो डुंगेश्वरमा अवतरण गरेको हेलिकप्टरमा टाउकोमा चोट लागेको विरामी र चालक दलका २ जनासहित ५ जना यात्रु थिए । मौसम खुलेपछि हेलिकप्टर साँझ ५ बजे सुर्खेत विमानस्थलमा अवतरण गरिएको छ ।

स्रोत : काठ्माण्डुपाटी

Leave a Comment

सम्बन्धित खबर