उपरथी दर्जामा बढुवा भएका रवीन्द्र खत्रीलाई दर्ज्यानी चिह्न प्रदान

संवाददाता
संवाददाता

२० असार २०८२ / एसिया टिभी नेपाल 

काठमाडौँ । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले उपरथी दर्जामा बढुवा भएका रवीन्द्र खत्रीलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।

सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित कार्यक्रममा प्रधानसेनापति सिग्देलले यही असार १३ गते बढुवा हुनुभएका उपरथी खत्रीलाई दज्र्यानी चिन्ह प्रदान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

पदोन्नतिसँगै उपरथी खत्रीलाई उपत्यका पृतनापतिको जिम्मेवारी दिइएको छ ।

यसअघि उनले उपत्यका पृतनामा निमित्त पृतनापतिको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

स्रोत : मकालुखबर

Leave a Comment

सम्बन्धित खबर