
सुभाष गुप्ता :-

नेपालगन्ज । ५ चैत – सृष्टि संवत् १९६०८५३१२७, विक्रम संवत् २०८२ र दयानन्दाब्द २०२ को अवसरमा चैत्र प्रतिपदाबाट सुरु भएको नवदुर्गा पर्व र वैदिक नववर्ष पर्वलाई वैदिक यज्ञसहित मनाइएको छ ।
“कृण्वन्तो विश्वमार्यम्” (विश्वका मानिसहरूलाई श्रेष्ठ बनाऔं र अरूलाई पनि श्रेष्ठ बनाउँदै जाऔं) तथा “वेदोऽखिलो धर्ममूलम्” (सम्पूर्ण धर्मको मूल वेद नै हो) भन्ने वैदिक नाराका साथ चैत्र ५ गते बिहान ६ बजे घरवारीटोल योग साधना केन्द्रमा भव्य यज्ञ आयोजना गरिएको थियो ।
कार्यक्रममा पतञ्जलि युवा समितिका अध्यक्ष श्री इच्छाराम यादव, पतञ्जलि योग समितिका जिल्ला अध्यक्ष हरपाल सिंह, युवा समितिका सचिव राजकुमार राजपूत, जिल्ला संगठन प्रमुख सुभाष गुप्ता, सदस्यहरू दुर्गेश शाहू, धीरज प्रजापति, सीता बम, काजल पौडेल, मनीराम बटाला, दुर्गा चौधरी, राजेन्द्र केवट, सोनी केवट, मुन्नी केवट, संगम बाहेलिया र श्याम केवट लगायतको सक्रिय सहभागिता रहेको थियो ।
आयोजकका अनुसार आजको दिन अत्यन्त विशेष छ । यो दिन आर्य समाज तथा आरएसएस स्थापना दिवससँग जोडिएको छ । यस अवसरमा सबै पर्वहरूलाई एकसाथ मनाएर वैदिक संस्कृति र राष्ट्रिय एकताको सन्देश दिन खोजिएको भनेका छन ।
वैदिक यज्ञ, मन्त्रोच्चारण र सामूहिक प्रार्थनाका साथ सम्पन्न यो कार्यक्रमले स्थानीयवासीमा वैदिक जागरण र सकारात्मक ऊर्जा भरेको बताए ।
