साहु समाज समिति परिवार,मिथिला सेवा समितिको संयुक्त आयोजनामा होली मिलन समारोह,शुभकामना आदानप्रदान

संवाददाता
संवाददाता

नेपालगन्ज, १ चैत : साहु समाज केन्द्रीय कार्यसमितिले आफ्नै निर्माण गरेको धर्मशालामा भव्य रूपमा होली मिलन समारोह मनाएको छ ।


होली पर्वको अवसरमा विभिन्न संघसंस्थाले होली मिलन कार्यक्रम आयोजना गर्ने परम्परा छ । यस वर्ष चन्द्रग्रहणका कारण होली फागुन २० गते मनाइएको थियो । तर यसपटक थोरै संस्थाले मात्र मिलन कार्यक्रम गरेका थिए ।

साहु समाज समिति परिवार, साहु समाज युवा समिति परिवार र मिथिला सेवा समितिको संयुक्त आयोजनामा चैत ३० गते शनिबार आयोजित कार्यक्रम धूमधामसँग सम्पन्न भएको छ । साहु समाजका सचिव प्रदीप शाहले कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको बताए ।


कार्यक्रममा मिथिला सेवा समितिका अध्यक्ष रामलोचन साह, वैश्य समाजका भूतपूर्व अध्यक्ष नन्दलाल वैश्य, सोनी समाज समितिका उपाध्यक्ष राम प्यारे वर्मा लगायत विभिन्न समाजका अगुवा तथा मित्रहरूको उल्लेखनीय उपस्थिति थियो ।

रङ, उमङ्ग र भाइचाराको वातावरणमा सहभागीहरूले एकअर्कालाई अबिर लगाउँदै शुभकामना आदानप्रदान गरे । सो अवसरमा समाजबीच आपसी एकता, सद्भाव र सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरियो ।
सचिव प्रदीप शाहका अनुसार विभिन्न समाजका प्रतिनिधि तथा स्थानीयवासीको सहभागितामा कार्यक्रम अत्यन्त उल्लासपूर्ण रूपमा सम्पन्न भएको हो ।


सहभागीहरूले होली पर्वले समाजमा प्रेम, अपनत्व र आपसी सम्बन्धलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरेका थिए ।

Leave a Comment

सम्बन्धित खबर