
काठमाडौँ– भारतको राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस)मा आवद्ध सन्दीप राना पाल्पाबाट प्रतिनिधिसभाको सदस्यमा विजयी भएका छन्। उनी नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन्।

आरएसएससँग आबद्ध अखिल भारतीय विद्यार्थी परिषद्मा सक्रिय उनी विगत एक दशकदेखि केन्द्रीय गृहमन्त्री तथा भाजपा नेता अमित शाहको सचिवालयमा समेत कार्यरत थिए।
नेपालमा आफ्नो गृहजिल्ला पाल्पाबाट राजनीति गर्ने सोचसहित उनी केही समयदेखि त्यहाँ सक्रिय थिए। कुनै समय शेरबहादुर देउवा तथा आरजु राणा निकट बनेका रानालाई गगन थापाले पार्टी नेतृत्व सम्हालेपछि उम्मेदवार छानेका थिए।
उनले पाल्पा क्षेत्र नम्बर १ बाट १८३३६ मत ल्याई नेकपा एमालेका नारायणप्रसाद आचार्यलाई पराजीत गरेका हुन्। आचार्यले १६ हजार ८ सय १९ मत ल्याएका छन्।
स्रोत : देशसञ्चार
