
नेपालगन्ज, साउन ३०, २०८२ – नेपालगन्जस्थित पशुपति शिक्षा मन्दिर, डि.एस.पी. रोड-५ मा शुक्रबार कृष्ण जन्माष्टमीको शुभ अवसरमा राधाकृष्णको भेषमा ड्रेस कम्पिटिसन आयोजना गरिएको थियो।



कम्पिसन कार्यक्रममा विद्यार्थीहरूमा परम्परागत सामाजिक मूल्य र मान्यताको बोध गराउने तथा उनीहरूमा उत्साह ल्याउने उद्देश्यले आयोजित उक्त कार्यक्रममा कक्षा नर्सरी, एल.के.जी., यू.के.जी., १ र २ का विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाए।


यसैगरी कार्यक्रममा विद्यार्थीहरू राधा र कृष्णको पोशाकमा सजिएर प्रस्तुत भएका थिए। सहभागी विद्यार्थीहरूमा देवान्स अर्याल, रोमन शाही, रोमन तिवारी, देव्यान्स वर्मा, राज शाहु, अंकित कान्दु, सौर्यान्स वर्मा, प्रिन्स कश्यप, अर्पण गोडिया, मिलन शाही, सन्तोष कुम्हार, सन्तोष कान्दु, एन्जल बुढा, अन्जली शाही, अनामिका उपाध्याय, अराध्या वर्नवाल, अराधना गोडिया, पिहु कश्यप, कविता पाललगायत २० भन्दा बढी बालबालिकाहरूले भाग लिए। साना नानीहरूको राधाकृष्णको भेषमा सजिएको मनमोहक दृश्यले सबैको मन जितेको थियो।

यस्तै कार्यक्रमलाई विद्यालयका प्रधानाचार्य रतन बहादुर शाही, सह-प्रधानाचार्य गौरव जैसवाल, इन्चार्ज मनोज वर्नवाल, शिक्षिका रानी कश्यप, काजल मिश्रा, जमुना गुरुङ, शोभा साहु, शुशिला मल्ल, नेन्सी रोय, साकरा खाना र रिंकी खानले व्यवस्थित र उत्साहवर्धक बनाएका थिए।


विद्यालय प्रशासनले अभिभावकहरूलाई आफ्ना बालबालिकालाई राधा वा कृष्णको पोशाकमा सजाएर पठाउन अनुरोध गरेको सह-प्रधानाचार्य गौरव जैसवालले बताए , जसलाई अभिभावकहरूले समर्थन गर्दै बालबालिकाहरूलाई तयार पारेका थिए। यो कार्यक्रमले विद्यार्थीहरूमा सांस्कृतिक चेतनाको विकास गर्नुका साथै उनीहरूमा रमाइलो वातावरण सिर्जना गरेको भने,
कार्यक्रम विद्यालयको आफ्नै भवनमा सम्पन्न भएको थियो र यसले स्थानीय समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको विद्यालयका प्रधानाचार्य रतन बहादुर शाहीले भने ,
