
नेपालगञ्ज, २०८२ साउन ३० – श्री राधाकृष्ण मन्दिर, फुल्टेक्रा रोड, नेपालगञ्ज-५ मा श्रीकृष्ण जन्मोत्सवको भव्य आयोजना हुने भएको छ। श्री राधाकृष्ण मन्दिर समिति, साहू समाज समिति र साहू समाज युवा समितिको संयुक्त आयोजनामा हुने यो कार्यक्रम दुई चरणमा सम्पन्न हुने आयोजकले बताए।


कार्यक्रममा भजन कीर्तन र श्रीकृष्ण जन्मोत्सव: २०८२ साउन ३१ गते शनिबार साँझ ७ बजेदेखि प्रभु इच्छासम्म।
भण्डारा र छट्ठी: २०८२ भाद्र ४ गते बुधबार साँझ ६ बजेदेखि हुने समितिको अध्यक्ष हंसराम साहूले भने ,

यसैगरी आयोजक समितिका अनुसार, यो पवित्र उत्सवमा भक्तजनहरूले भजन, कीर्तन र प्रभु श्रीकृष्णको भक्तिमय वातावरणमा सहभागी हुने अवसर प्राप्त गर्ने बताए। कार्यक्रममा सहभागी हुन सम्पूर्ण भक्तजनलाई हार्दिक निमन्त्रणा गरिएको भने।

भब्य कार्यक्रमको आयोजक: श्री राधाकृष्ण मन्दिर समिति
साहू समाज समिति , साहू समाज युवा समिति
श्री राधाकृष्ण मन्दिर, फुल्टेक्रा रोड, नेपालगञ्ज-५ रहेको अध्यक्ष साहूले बताए ।

