
अन्तर्राष्ट्रिय / २९ साउन २०८२ / सन्तोष शुक्ल

नेपालगन्ज / रुपईडीहा, बहराइच: रुपईडीहाको गल्लीबाट उदाएका एक युवाले हजारौं मेडिकल विद्यार्थीले देख्ने सपना पूरा गरेका छन्। डा. उबैद हबीबले कजाकिस्तानबाट एमबीबीएसको कठिन अध्ययन पूरा गरेर भारतको सबैभन्दा चुनौतीपूर्ण फरेन मेडिकल ग्र्याजुएट एग्जामिनेशन (एफएमजीई) उत्कृष्ट सफलताका साथ उत्तीर्ण गरेका छन्। अब उनी भारतमा चिकित्सकीय सेवा प्रदान गर्न पूर्ण रूपमा योग्य भएका छन्।

हबीबले भने , यो केवल डिग्रीको जित होइन, बरु मेहनत, लगन र हौसलाको विजय हो, जसले हरेक सानो सहरका युवालाई यो विश्वास दिलाउँछ कि तिमी जहाँबाट आए पनि, यदि इरादा बलियो छ भने मञ्जिल तिम्रै हुनेछ।
आफ्नो सफलतामा डा. उबैद हबीबले मुस्कुराउँदै भने, “यदि तपाईंले आफूमाथि भरोसा राख्नुभयो र मेहनत जारी राख्नुभयो भने, ईश्वरले तपाईंको मेहनतको फल अवश्य दिनुहुन्छ।”
उनका पिता डा. हबीबुल्लाहले भावुक हुँदै भने, “यो कथा हरेक त्यस्ता बालबालिकाका लागि पाठ हो, जो सानो सहरबाट ठूला सपना पूरा गर्न गाह्रो ठान्छन्।”
आज रुपईडीहाका मानिसहरू गर्वका साथ भनिरहेका छन्, “तपाईंको छोरा अब तपाईंको मात्र होइन, सम्पूर्ण क्षेत्रको गौरव हो।”
