सुनसरीमा सवारी दुर्घटना: चार जनाको मृत्यु, १५ घाइते

संवाददाता
संवाददाता

सुनसरी, २६ साउन २०८२ – सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ जलुवाटोलस्थित पूर्वपश्चिम राजमार्गमा आज बिहान भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्। काँकडभिट्टाबाट दिक्तेलतर्फ जाँदै गरेको मे १ ख १७९९ नम्बरको यात्रुवाहक बस र विपरीत दिशाबाट आइरहेको प्रदेश २–०१–००१ ज ००४७ नम्बरको माइक्रो बस एकआपसमा ठोक्किँदा यो दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता योगराज खतिवडाका अनुसार मृत्यु हुनेमा सप्तरी मधावे गाउँपालिका–६ का शंकर मण्डल, सुनसरी कोशी गाउँपालिका–६ का लक्ष्मण सदा र बिराटनगरका अशोक यादव रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ। एक जना मृतक महिलाको पहिचान भने खुल्न बाँकी छ।

घाइतेहरूको ग्लोबल कार्डियो एण्ड न्यूरो अस्पताल भोक्राहा सुनसरी, जिल्ला अस्पताल इनरुवा, गोल्डेन अस्पताल बिराटनगर र बिराट नर्सिङ होम बिराटनगरमा उपचार भइरहेको छ। घाइतेहरूको अवस्था सामान्यदेखि मध्यम रहेको प्रहरीले जनाएको छ।
ग्लोबल कार्डियो एण्ड न्यूरो अस्पताल भोक्राहा सुनसरीमा उपचाररत:
अम्बिका राई (मोरङ, सुन्दर हरैचा–९)
निरुता परियार (खोटाङ, रावाबेसी–२)
निर्मल परियार (खोटाङ, रावाबेसी–२, ३८ वर्ष)
रविन्द्र प्र. मण्डल (सप्तरी, मधावे–६)
रेनुका श्रेष्ठ (उदयपुर, चौदण्डिगढी–५, ५० वर्ष)
खगेन्द्र थापा (झापा, शिवसताक्षी–५, ३८ वर्ष, सामान्य)
सन्तोष खत्री (झापा, भद्रपुर–९, ५३ वर्ष, सामान्य)
दिपक बि.क. (उदयपुर, बेलस्रोत–१, २० वर्ष, सामान्य)
सविन राई (इलाम, चुलाचुली–३, ३६ वर्ष, सामान्य)
रविन्द्र मेहता (सप्तरी, धिकुति–६)
जिवछ महात्मा (सप्तरी, गोईठी–३, ६८ वर्ष)
जिल्ला अस्पताल इनरुवा सुनसरीमा उपचाररत:
नेत्रलाल गिरी (खोटाङ, हलेसी तुवाचुङ–१०, ८४ वर्ष, डिस्चार्ज)
केदार गिरी (खोटाङ, हलेसी तुवाचुङ–१०, ३९ वर्ष, डिस्चार्ज)
गोल्डेन अस्पताल बिराटनगरमा उपचाररत:
सत्य राई (झापा, अर्जुनधारा–१, २० वर्ष, मध्यम)
रुद्र राय (सप्तरी, राजविराज–६, १० वर्ष)
सोभा यादव (मोरङ, बिराटनगर–१०, ४८ वर्ष)
प्रमोद रजक (सप्तरी, राजविराज–१२, ४४ वर्ष, सामान्य)
रवि राय (सप्तरी, तिलाठी–५, २२ वर्ष)
भोला यादव (सप्तरी, राजविराज–२, २४ वर्ष, मध्यम)
प्रदिप यादव (सप्तरी, राजविराज, ३५ वर्ष)
जोगिन्द्र दास (सुनसरी, कोशी–६, ६० वर्ष, मध्यम)
अमृता राय (सप्तरी, डाक्नेश्वरी–३, ३० वर्ष, मध्यम)
बिराट नर्सिङ होम बिराटनगरमा उपचाररत:
सन्तोष बास्तोला (सप्तरी, राजविराज–४, २१ वर्ष, मध्यम, डिस्चार्ज)

प्रहरीले बस चालक झापा अर्जुनधारा–१ का गोपाल अधिकारीलाई नियन्त्रणमा लिएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता खतिवडाले बताए।

Leave a Comment

सम्बन्धित खबर