
काठमाडौँ, असार २८, २०८२। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल प्रवेश गर्न खोज्ने एक भारतीय नागरिक ठूलो परिमाणको लागू औषध कोकिनसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा मुम्बई, महाराष्ट्रका ४९ वर्षीय अब्दुल समद जमालमन्सूरी रहेका छन्।

लागू औषध नियन्त्रण व्यूरो, त्रिभुवन विमानस्थल शाखा कार्यालय गोचरनामा खटिएको प्रहरी टोलीले नियमित ‘Criminal Profiling’ निगरानीका क्रममा कतार एयरवेजको उडानबाट आएका मन्सूरीलाई शंकाको आधारमा जाँच गर्दा उनको झोलामा लुकाइछिपाइ ल्याइएको ३ किलो ४०० ग्राम कोकिन बरामद गरेको हो। उनको राहदानी नम्बर S447033 रहेको प्रहरीले जनाएको छ।
लागू औषध नियन्त्रण व्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक जनक बहादुर शाहीले मन्सूरीविरुद्ध लागू औषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम हिरासतमा राखी थप अनुसन्धान भइरहेको बताए।
