नेपालगन्जमा पूर्वराजा ज्ञानेन्द्र शाहको ७९औँ जन्मोत्सव भव्य रूपमा मनाइयो

संवाददाता
संवाददाता

नेपालगन्ज, २३ असार २०८२

पूर्वराजा ज्ञानेन्द्र शाहको ७९औँ जन्मोत्सवको अवसरमा सोमबार नेपालगन्जमा शुभेच्छुकहरूको उल्लेख्य सहभागितामा कार्यक्रम सम्पन्न भएको छ। रा प्र पा नेपाल बाँकेको आयोजनामा त्रिभुवन चोकमा माल्यार्पण र मैनबत्ती प्रज्वलन गरी जन्मोत्सव मनाइएको हो।

कार्यक्रममा ५० भन्दा बढी शुभेच्छुकहरूको उपस्थिति रहेको रा प्र पा नेपाल बाँकेका जिल्ला अध्यक्ष दीपेन्द्र बहादुर सिंहले जानकारी दिए। उनले भने, “पूर्वराजा ज्ञानेन्द्र शाहप्रति जनताको माया र सम्मान अझै कायम छ, जुन आजको सहभागिताले स्पष्ट हुन्छ।

”कार्यक्रममा सहभागीहरूले पूर्वराजाको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै देशमा शान्ति र समृद्धिको अपेक्षा व्यक्त गरे। त्रिभुवन चोकमा आयोजित कार्यक्रमले स्थानीय स्तरमा पूर्वराजाप्रतिको सम्मान र स्नेहलाई झल्काएको अध्यक्ष दीपेन्द्र बहादुर सिंहले बताए ।

नेपालमा २०६५ जेठ १५ मा गणतन्त्र स्थापनापछि राजसंस्था खारेज भए पनि पूर्वराजा शाहले हरेक वर्ष आफ्नो जन्मोत्सवमा शुभेच्छुकहरूसँग भेटघाट गर्दै आएका छन्।

Leave a Comment

सम्बन्धित खबर