११ नं.वडामा सरसफाइको दुर्दशा, स्थानीयको आरोप सम्बन्धित निकाय मौन

संवाददाता
संवाददाता

मेराज सल्मानी / २३ असार २०८२ सोमबार 

नेपालगञ्ज, असार २३ – बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ११ मा सरसफाइको अवस्था अत्यन्तै नाजुक बनेको छ। स्थानीय बासिन्दाहरूले सडक किनार, गल्ली र सार्वजनिक स्थलहरूमा फोहोरको डंगुर बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरेका छन्। पटक–पटक वडा कार्यालय र नगरपालिकाको सरसफाइ शाखालाई जानकारी गराउँदा पनि कुनै ठोस कदम नचालिएको स्थानीयको गुनासो छ।

खासगरी, त्रिभुवन चोकबाट बिपी चोक जाने बाटोमा रहेको मुल्ला जीको नाज होटल आसपासको क्षेत्रमा फोहोर समयमै नउठाउँदा दुर्गन्ध फैलिएको छ। यसले बालबालिका र वृद्धवृद्धामा स्वास्थ्य जोखिम बढाएको स्थानीयले बताएका छन्। “फोहोरका कारण गल्लीमा हिँड्नै गाह्रो छ, दुर्गन्धले स्वास्थ्यमा असर परिरहेको छ,” एक स्थानीय बासिन्दाले गुनासो गरे।

स्थानीयले वडा कार्यालय र सम्बन्धित निकायलाई बारम्बार ध्यानाकर्षण गराए पनि कुनै कारबाही नभएको भन्दै आक्रोश व्यक्त गरेका छन्। उनीहरूले तत्काल फोहोर व्यवस्थापन र नियमित सरसफाइको माग गर्दै सम्बन्धित निकायलाई जिम्मेवार बन्न आग्रह गरेका छन्।

Leave a Comment

सम्बन्धित खबर