रंगिला दालमोठ र हटपट चाउचाउ गुणस्तरहीन, बजारबाट फिर्ता ल्याउन खाद्य विभागको निर्देशन

संवाददाता
संवाददाता

काठमाडौं, २० असार २०८२ – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ‘रंगिला दालमोठ’ र ‘हटपट चाउचाउ’ गुणस्तरहीन रहेको पुष्टि गर्दै यी उत्पादनहरूको बिक्री रोकेर बजारबाट फिर्ता ल्याउन निर्देशन दिएको छ।

विभागले शुक्रबार एक सूचना जारी गर्दै बजार अनुगमनका क्रममा संकलन गरिएको नमुना परीक्षणमा यी उत्पादनहरू खाद्य मापदण्डअनुसार अखाद्य रहेको पाइएको जनाएको छ।

विभागका अनुसार, यी ब्रान्डका उत्पादनहरूको गुणस्तर परीक्षण गर्दा खाद्य स्वच्छता र सुरक्षासँग सम्बन्धित मापदण्ड पूरा नभएको पाइएको हो। उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राख्दै यी उत्पादनहरू तत्काल बिक्रीवितरण रोक्न र बजारमा रहेका सम्पूर्ण स्टक फिर्ता ल्याउन सम्बन्धित कम्पनीहरूलाई निर्देशन दिइएको छ। साथै, यो निर्देशन पालना नगरेमा कानुनी कारबाही हुने विभागले चेतावनी दिएको छ।

Leave a Comment

सम्बन्धित खबर