
बाँके — तिहार चाड नजिकिँदै गर्दा बाँकेको नरैनापुर गाउँपालिका वडा नं. ५ मा रहेको सन्तनेश्वर एग्रो एण्ड फ्लावर फार्मले ताजा सयपत्री फूलको आपूर्ति बढाएको छ। फार्मले ‘सयपत्री बिना अधुरो तिहार’ भन्ने नारासहित चाडपर्वको सुन्दरता थप्ने उद्देश्यले फूल उत्पादन र बिक्री सुरु गरेको हो।

![]()

यो सामूहिक खेती शुभाष जंग शाह, कृति राज दीक्षित र सुशील कुमार मौर्यले सञ्चालन गरेका हुन्। उनीहरूले करिब २ बिघा (२६ कठ्ठा क्षेत्रफल) जग्गामा व्यावसायिक सयपत्री खेती गरेका छन्। यसका लागि करिब १० लाख रुपैयाँ लगानी गरिएको छ। तिहार लक्षित यस खेतीबाट अनुमानित ५० क्विन्टल सयपत्री उत्पादन हुने अपेक्षा गरिएको छ। थोक र खुद्रा दुवै रूपमा बिक्री हुने फार्मले जनाएको छ।
![]()

![]()
फार्मको बिक्री केन्द्र नेपालगञ्ज, बाँकेमा रहेको छ। यहाँ ताजा फूल, स्वस्थ जीवन र समृद्ध किसानको नारासहित स्थानीय किसानहरूलाई समेत जोड्ने लक्ष्य राखिएको छ। फार्मले घरदैलो सेवा (होम डेलिभरी) पनि उपलब्ध गराएको छ भने अर्डरका लागि QR कोड र व्हाट्सएप मार्फत सम्पर्क गर्न सकिन्छ।
![]()

९८४८०९०६४६ र ९८६८१६२३२१
![]()
यस्तै तिहारमा सयपत्रीको माग उच्च हुने भएकाले फार्मले गुणस्तरीय र ताजा फूल उपलब्ध गराउने दाबी गरेको छ। कृति राज दीक्षितका अनुसार यसबाट अनुमानित २५ देखि ३० लाख रुपैयाँसम्मको कारोबार हुने अपेक्षा गरिएको भने।
![]()

स्थानीय स्तरमै ताजा फूल उत्पादन गरेर आयातित फूलमाथिको निर्भरता घटाउने र किसानलाई समेत लाभ पुर्याउने उद्देश्यले यो सामूहिक प्रयास अगाडि बढाइएको हो।
