
नेपालगन्ज । हिन्दू धर्म र वास्तुशास्त्रमा दक्षिणमुखी हनुमान जीको विशेष महत्त्व छ। जसको मुख दक्षिण दिशातिर फर्केको हुन्छ, त्यस्ता हनुमानको प्रतिमा वा चित्रको पूजा गर्दा धेरै आध्यात्मिक र व्यावहारिक लाभ हुने मान्यता छ।


![]()
यस्तै दक्षिण दिशा काल र यमराज (मृत्युका देवता) को दिशा मानिन्छ। हनुमान जी भगवान शिव (रुद्र) का अवतार हुन्, जो स्वयं कालका नियन्त्रक हुन्। त्यसैले दक्षिणमुखी हनुमानको पूजाले अकाल मृत्युको भय र मानसिक चिन्ताबाट मुक्ति दिने विश्वास गरिन्छ।
![]()
यो स्वरूपलाई वीर वा रौद्र स्वरूप मानिन्छ, जसलाई भगवान नृसिंहसँग पनि जोडिन्छ। यसले नकारात्मक ऊर्जा, भूत-प्रेत, दुष्ट शक्ति र बाधाहरूलाई नष्ट गर्न अत्यन्त प्रभावकारी मानिन्छ। गम्भीर शत्रु, मुद्दा वा विरोधी शक्तिमाथि विजय प्राप्त गर्न पनि यसको पूजा लाभदायक ठानिन्छ।

![]()
यसैगरी शनि, राहु र केतु जस्ता ग्रहहरूको अशुभ प्रभाव वा पीडाबाट राहत पाउन पनि दक्षिणमुखी हनुमानको आराधना गरिन्छ। वास्तुशास्त्रअनुसार दक्षिण दिशामा बल, स्थिरता र ऊर्जाको नियन्त्रण हुन्छ। घरमा दक्षिणमुखी प्रतिमा राख्दा सुरक्षा कवच बन्ने र घर सुरक्षित रहने विश्वास छ।

![]()
भक्तहरूले नियमित रूपमा हनुमान चालीसा, बजरंगबाण वा अन्य स्तोत्र पाठ गरी दक्षिणमुखी हनुमानको पूजा गर्ने गर्छन्। यसबाट शारीरिक, मानसिक र आध्यात्मिक सुरक्षा मिल्ने मान्यता प्राचीन कालदेखि चल्दै आएको मान्यता छ।
![]()
