हस्ताक्षर गरेका ट्राफिक सई कमल खड्का हेडक्वाटर तानिए

संवाददाता
संवाददाता

Asia tv Nepal समाचार २१ असार २०८२ शनिबार

मेराज सल्मानी

नेपालगंज— राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको समर्थनमा हस्ताक्षर गरेका अस्थाई पोष्ट नेपालगंज मा कार्यरत प्रहरी नायब निरीक्षक (सई) कमल खड्का प्रहरी प्रधान कार्यालय तानिएका छन्।

सई खड्काले लामिछानेको पक्षमा हस्ताक्षर अभियानमा सहभागिता जनाएका थिए। प्रहरी संगठनको नीति विपरीत राजनीतिक गतिविधिमा संलग्न भएको भन्दै उनलाई अस्थाई पोष्ट नेपालगंजबाट तानेर हाल काठमाडौंस्थित हेडक्वाटरमा झिकाइएको छ।

प्रहरीको आन्तरिक स्रोतका अनुसार खड्काको व्यवहार संगठनको आचारसंहिता विपरीत देखिएको भन्दै स्पष्टीकरण मागिएको छ र थप अनुशासनात्मक प्रक्रिया अघि बढ्ने सम्भावना रहेको छ।

Leave a Comment

सम्बन्धित खबर