गायिका एलिनामाथि गालीगलौज गर्ने राई विरूद्ध तीन दिन म्याद थप

संवाददाता
संवाददाता

२० असार २०८२ शुक्रबार / मेराज सल्मानी

काठमाडौँ- गायिका एलिना चौहानलाई सामाजिक सञ्जालमार्फत गालीगलौज गरेको आरोपमा पक्राउ परेका गुञ्जन राई विरुद्ध तीन दिन म्याद थप भएको छ । बिहीबार काठमाडौँ जिल्ला अदालतले राईलाई तीन दिन हिरासतमा राख्न आदेश दिएकाे हाे ।

गायिका चौहानले आफूलाई गालीगलौज गर्नेहरूलाई कानुनी दायरामा ल्याउन माग गर्दै ब्युरोमा उजुरी दिएकी थिइन् । आरोपीविरुद्ध साइबर अपराध सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको साइबर व्यूरोका प्रहरी उपरीक्षक दिपकराज अवस्थीले बताए ।

Leave a Comment

सम्बन्धित खबर