स्वास्थ्य मन्त्री प्रदीप पौडेलको स्वास्थ्यमा सुधार

संवाददाता
संवाददाता

काठमाडौं । वीर अस्पतालमा उपचाररत स्वास्थ्य मन्त्री प्रदीप पौडेलको स्वास्थ्यमा सुधार आएको छ ।

पेट सम्वन्धी समस्या सँगै ज्वरो पनि देखिएपछि  मन्त्री पौडेललाई गत शुक्रबार बेलुका वीर अस्पताल लगिएको थियो । उनको त्यहाँ भीआईपी क्याविनमा उपचार भईरहेको छ ।

उनलाई अब छिटै नै डिस्चार्ज गरिने अस्पतालले जनाएको छ। उपचारमा संलग्न डा. दिलिप शर्माका अनुसार अहिले त औषधी पनि चलि रहेको छ । तर हामी छिटै नै डिस्चार्ज गर्ने योजनामा छौँ । उहाँको स्वास्थ्यमा राम्रो सुधार आएको छ ।

Leave a Comment

सम्बन्धित खबर