लागुऔषध दुर्व्यसनले यौन हिंसाका घटना बढ्यो : महिला आयोग

संवाददाता
संवाददाता

२०८२ असार १८ बुधबार

नेपालमा लागूऔषध दुर्व्यसनी गम्भीर सामाजिक, मानसिक र स्वास्थ्य संकटका रूपमा देखा पर्दैछ । विशेषगरी १३ देखि २० वर्ष उमेर समूहका युवायुवतीहरू दुर्व्यसनीको चपेटामा पर्दै गएको सरकारी अधिकारीहरुले बताएका छन् । राष्ट्रिय महिला आयोगले बुधबार पत्रकार सम्मेलन गरेर  दुर्व्यसनीमा परेकाहरुमा क्रमश मानसिक समस्या बढ्ने गरेको बताएको छ ।

पूर्व लागूऔषध प्रयोगकर्ता प्राचीन सुनारका अनुसार पछिल्लो समय १३ वर्षदेखि २० वर्ष उमेर समूहका किशोर–किशोरी लागूऔषध दुव्र्यसनमा तानिएका छन् । उनले भनिन्, “उनीहरूमा गम्भीर मानसिक समस्या देखिन्छ । खासगरी महिला प्रयोगकर्ताको अवस्था अझै कमजोर छ । पुरुषका लागि केही सुधार केन्द्र भए पनि महिलाका लागि सुरक्षित, पहुँचयोग्य र स्थायी केन्द्रको अभाव छ ।”

लागूऔषध दुर्व्यसनी बढ्दै जाँदा यौन हिंसाका घटना पनि बढ्दै गएको अनुमान गरिएको छ ।  राष्ट्रिय महिला आयोगकी  सदस्य कृष्ण कुमारी पौडेलले  कुनै अध्ययन अनुसन्धान नभपनि युवा पुस्तामा देखिएको लागु औषध दुर्व्यसनीले यौन हिंसाका घटना बढाएको अनुमान गर्न सकिने बताउँछिन् ।

पौडेलले पुरुष मानसिकताका कारण पनि काम गर्न निकै कठिन भएको उनले बताईन् । आयोगलाई बजेट कम हुदाँ ७७ जिल्लाका घटनाहरु केलाउन समस्या भएको उनको भनाइ छ ।

महिलामाथि हुने हिंसा देशभरि मौन देखिएको छ । आर्थिक वर्ष २०८०/८१ मा महिला आयोगमा दर्ता भएका ५ सय ६ उजुरीहरूमध्ये अधिकांश घरेलु हिंसा, मानसिक, शारीरिक र आर्थिक हिंसासँग सम्बन्धित छन् । तर पेशागत क्षेत्रमा हुने महिला हिंसा भने एकचोटि पनि उजुरीको रूपमा देखा परेको छैन । प्रहरीमा हिंसाका घटना हजारौंको संख्यामा दर्ता भएपनि आयोगको विवरण हेर्दा भिन्नताको ठुलो खाडल देखिएको छ ।

पेशागत महिला हिंसा किन देखिएन ?

कानुन, संविधान, र श्रम ऐनले कामदारको हक सुनिश्चित गरे पनि कार्यान्वयनको पाटोमा कमजोर देखिएको छ । धेरै महिलाहरू कार्यालय, उद्योग, सेवा क्षेत्र वा अनौपचारिक श्रम क्षेत्रमा यौन दुव्र्यवहार, मानसिक दवाव वा भेदभावको शिकार हुन्छन्, तर उनीहरू उजुरी गर्न सक्ने अवस्था छैन ।  अधिकारीहरुले भनेका छन्, “उजुरी नआएको भन्नु हिंसा नभएको होइन । महिलाले बोल्न सक्ने, सुन्ने, अनि न्याय पाइने वातावरण बनाउनै सकिएको छैन।“

श्रोत : हेल्थवाणी

Leave a Comment

सम्बन्धित खबर