भारतीय प्रधानमन्त्री मोदीसँग रवि र बालेनको फोन संवाद

संवाददाता
संवाददाता

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले टेलिफोन संवाद गरेका छन्।

फोन संवादमा प्रधानमन्त्री मोदीले रवि-बालेनसँग न्यानो संवाद भएको प्रतिक्रिया दिएका छन्।

“मैले निर्वाचनमा रास्वपाको जितका लागि दुवै नेतालाई बधाई दिएको छु‚” संवादपछि सामाजिक सञ्जालमा मोदीले लेखेका छन्‚ “नयाँ बन्ने सरकारका लागि शुभकामना दिँदै भारतीय सरकारका तर्फबाट साझा प्रगति‚ समृद्धि र जनकल्याणका लागि प्रतिबद्धता पनि जनाएको छु।”

प्रधानमन्त्री मोदीले दुवै देशबीचको सम्बन्ध आगामी वर्षमा संयुक्त प्रयासमार्फत अझ उच्चस्तरमा पुग्ने विश्वाससमेत व्यक्त गरेका छन्।

प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ १२५ सिट जितेको रास्वपाले समानुपातिकतर्फ जारी मतगणनामा पनि अत्यधिक मत पाइरहेकाले बहुमतसहितको सरकार बनाउने स्पष्ट भइसकेको छ।

स्रोत : Nepal News

Leave a Comment

सम्बन्धित खबर