१९ औं राप्ती गंगा महाआरती भक्तिमय वातावरणमा सम्पन्न : सुधांशु कोइराला आशिर्वाद लिन माता गंगाजीको शरणमा

संवाददाता
संवाददाता

नेपालगञ्ज, १८ माघ २०८२ ।

राप्ती गंगा महा आरती समितिद्वारा आयोजित १९ औं संस्करणको राप्ती गंगा महा आरती कार्यक्रम आइतबार सफलतापूर्वक सम्पन्न भएको छ।

नेपालगञ्ज उपमहानगरपालिकाको राप्ती नदी तटमा आयोजित यो कार्यक्रममा पूजनीय गुरुहरूको उपस्थिति रहेको थियो भने प्रमुख अतिथिका रूपमा सुधांशु कोइराला उपस्थित भै माता गंगाजी को आशिर्वाद लिन पुगे।

कार्यक्रममा समितिका अध्यक्ष सूर्यलाल यादव, वरिष्ठ सल्लाहकार ललित रौनियारलगायत सम्पूर्ण भक्तजन, सामाजिक अगुवा, सञ्चारकर्मी, सुरक्षाकर्मी तथा व्यवस्थापन सहयोगीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। महा आरतीलाई भव्य र सफल बनाउन योगदान गर्ने सबैलाई समितिले हार्दिक आभार तथा धन्यवाद व्यक्त गरे।

समितिका कोषाध्यक्ष विनयचन्द गुप्ताकोअनुसार, यो कार्यक्रमले धार्मिक तथा सांस्कृतिक महत्व बोकेको छ र निकट भविष्यमा प्रत्येक महिनाको पूर्णिमाको दिनमा नियमित रूपमा आयोजना गरिने छ। यसले स्थानीय समुदायमा एकता र भक्तिको भावना जगाउने अपेक्षा गरिएको बताए ।

यसैबीच, समितिले २० औं संस्करणको जानकारी पनि सार्वजनिक गरेको छ। २० औं राप्ती गंगा महा आरती मिति २०८२/११/१८ गते साँझ ५:०८ बजे आयोजना हुने बताइएको छ। समितिले नेपालगञ्ज उपमहानगरपालिका तथा सम्पूर्ण दाताहरूलाई धन्यवाद दिँदै आगामी कार्यक्रमहरूमा पनि सहयोगको अपेक्षा गरेको छ।

“जय गंगा माइया, जय जननी, जय नेपाल आमा,” भन्ने नारासहित कार्यक्रम समापन भएको थियो। राप्ती गंगा महा आरती समिति नेपालगञ्ज परिवार तथा बाँके परिवारले यो कार्यक्रमलाई निरन्तरता दिँदै स्थानीय धार्मिक पर्यटनलाई प्रोत्साहन गर्ने लक्ष्य राखेको समितिको वरिष्ठ सल्लाहकार ललित रौनियारले भने ।

Leave a Comment

सम्बन्धित खबर