बाँकेमा कटुवा पेस्तोल र गोलीसहित दुई जना पक्राउ

संवाददाता
संवाददाता

नेपालगन्ज, १ भदौ २०८२ – जिल्ला प्रहरी कार्यालय बाँकेले कटुवा पेस्तोल र गोलीसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नेपालगन्ज उपमहानगरपालिका वडा नं. ९ बस्ने १९ वर्षीय समिर ढपाली र सोही ठाउँ बस्ने १९ वर्षीय राजन सोनखर रहेका छन्।

प्रेस विज्ञप्तिमा उल्लेख भएनुसार नेपालगन्ज उपमहानगरपालिका वडा नं. ४ को बसपार्क–कम्दी जाने सडक खण्डमा शंकास्पद अवस्थामा फेला परेका उनीहरूलाई प्रहरीले खानतलासी गर्दा कटुवा पेस्तोल र गोली बरामद गरेको हो। प्रहरीले उक्त हतियार र गोली नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी एवं प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक पातलीले यो घटनाको अनुसन्धानलाई तीव्रता दिइएको जानकारी दिए। थप विवरण अनुसन्धानपछि सार्वजनिक गरिने प्रहरीले जनाएको छ।

Leave a Comment

सम्बन्धित खबर