
अन्तर्राष्ट्रिय / १२ अगस्त २०२५ / रिपोर्ट: सन्तोष शुक्ला

भारत-नेपाल सीमामा अवस्थित प्रमुख प्रवेशद्वार रूपईडीहा आज ‘भारत माता की जय’, ‘वन्दे मातरम्’ र ‘हिन्दुस्तान जिन्दाबाद’ जस्ता देशभक्ति नाराहरूले गुञ्जायमान भयो।


आदर्श नगर पंचायत रूपईडीहाका अध्यक्ष डा. उमाशंकर वैश्यको नेतृत्वमा भारतीय जनता पार्टी (भाजपा) र युवा मोर्चाका पदाधिकारीहरूको सहभागितामा करिब ३०० मोटरसाइकल सवार युवाहरूले तिरंगा र्याली निकालेर स्वतन्त्रताको अमृत महोत्सव धुमधामले मनाउन अपील गरे।


र्याली छोटी नहरबाट सुरु भई सीमावर्ती क्षेत्र रूपईडीहा-जमुनहा सीमा-नाकाहुँदै नगर भ्रमण गरी पंचायत भवनमा सम्पन्न भयो। र्यालीमा युवा मोर्चाका मण्डल अध्यक्ष शिवराज सिंह र भाजपाका मण्डल अध्यक्ष महराजदीन वर्मा आफ्नो टिमसहित उपस्थित थिए।

सुरक्षा व्यवस्था कडा र चुस्त-दुरुस्त रहेको थियो।


