
बाँके, ७ साउन २०८२ – नेपालगन्ज उद्योग वाणिज्य संघको आयोजनामा नेपालगन्ज–दिल्ली हवाई उडान सञ्चालनका लागि आवश्यक पहल र सम्भावनाबारे विशेष छलफल कार्यक्रम सम्पन्न भएको छ।

संघका अध्यक्ष टंक धामीको अध्यक्षतामा भएको कार्यक्रममा राजनीतिक दलका नेता, नागरिक समाजका अगुवा, उद्योगी, व्यापारी, पत्रकारलगायत सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले नेपालगन्ज–दिल्ली उडानले पर्यटन, व्यापार र चिकित्सा क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे।

वक्ताहरूले उडान सञ्चालनका लागि तत्काल गृहकार्य र सरकारी पहल आवश्यक रहेको बताउँदै स्थानीय तहदेखि संघीय सरकारसम्म संयुक्त दबाब सिर्जना गर्नुपर्नेमा जोड दिए।

नेपालगन्ज उद्योग वाणिज्य संघले आगामी दिनमा थप रणनीतिक पहल गरी नेपालगन्ज–दिल्ली हवाई मार्गलाई व्यवहारिक बनाउने प्रतिबद्धता जनाएको छ।
