८ वर्षीया बालिकामाथि जबरजस्ती करणी,अभियुक्त पक्राउ

संवाददाता
संवाददाता

मेराज सलमानी

नेपालगन्ज, बाँके — नेपालगन्ज उपमहानगरपालिका वडा नं. ३, एकलैनी बस्ने ५५ वर्षीय गुडडु हल्वाईलाई ८ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले सोमबार दिउँसो पक्राउ गरेको छ।

जबरजस्ती करणीसम्बन्धी उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय, बाँकेबाट खटिएको टोलीले हल्वाईलाई नियन्त्रणमा लिएको हो। पीडित बालिकालाई तत्कालै उपचारका लागि भेरी अस्पताल पठाइएको छ। चिकित्सकका अनुसार बालिकाको अवस्था गम्भीर छ।

घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ। प्रहरीले बालिका र उनका परिवारलाई आवश्यक सहयोग प्रदान गरिरहेको समेत जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

टोलमा घटेको यस प्रकारको जघन्य अपराधप्रति स्थानीयवासी र बालअधिकारकर्मीहरूले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। दोषीलाई कडा कारबाहीको माग गर्दै सर्वसाधारणले आक्रोश व्यक्त गरेका छन।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको, मुद्दा दर्ता गरि आवश्यक कार्यवाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बांके का डीएसपी दीपक पातली ले बताए।

Leave a Comment

सम्बन्धित खबर