लागुऔषध र वैश्यावृत्तिको अखाडा बन्दै ,होटल

संवाददाता
संवाददाता

मेराज सलमानी २०८२ साउन ६ मंगलवार

नेपालगञ्ज,बांके नेपालगञ्जको मुटु मानिने धम्बोजी चोकदेखि मात्र करिब ३०० मिटर टाढा रहेको होटल देउराली लागुऔषध दुरुपयोग र वैश्यावृत्तिको अखाडा बन्दै गएको खुलेको छ।

प्राप्त जानकारी अनुसार होटल देउरालीको कोठा नं. ३०२, ३०४ र २०१ मा १७/१८ वर्षका किशोर–किशोरीहरू आपत्तिजनक अवस्थामा भेटिएको जनाइएको छ। उनीहरू लागुऔषध प्रयोग गर्दै गरेको अवस्थामा भेटिएको स्रोतले जानकारी दिएको छ।


स्थानिय बासिन्दाले लामो समयदेखि देउराली होटलमा हुने गतिविधिप्रति शंका व्यक्त गर्दै आएका थिए भने अब खुलस्त रूपमा आपराधिक गतिविधि हुने गरेको प्रमाण भेटिनु गम्भीर विषय बनेको छ।

स्रोतका अनुसार होटल सञ्चालक र केही व्यक्तिको मिलोमतोमा यस्तो गैरकानुनी गतिविधि सञ्चालन भइरहेको आशंका गरिएको छ। स्थानीय प्रशासन र प्रहरीलाई तत्काल अनुसन्धान गरी कारबाही प्रक्रिया अगाडि बढाउन स्थानिय बासिन्दाले माग गरेका छन्।

यस घटनाले नेपालगञ्जको प्रहरी को नाक मुनि अवैध कार्य भई रहदा पनी प्रहरी बेखबर छ,शान्ति सुरक्षा र सामाजिक मर्यादामा गम्भीर प्रश्न खडा गरेको छ।होटल देउराली मा सो कम उमेर का बाल बालिका लामो समय देखी कोठा भाड़ा मा लिएर बसे को देखिए को छ।

थप भिड़ियो र फोटोहरू हामी संग सुरक्षित छ।

Leave a Comment

सम्बन्धित खबर