प्रधानमन्त्री ओली आगामी सेप्टेम्बर १६ मा भारत भ्रमणमा जाने

संवाददाता
संवाददाता

५ साउन २०८२ सोमबार 

प्रधानमन्त्री केपी शर्मा ओली आगामी सेप्टेम्बर १६ मा भारतको औपचारिक भ्रमणमा जाने भएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री ओली दुई दिने औपचारिक भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान गर्ने परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ। प्रधानमन्त्री ओली सेप्टेम्बर १७ मा स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

२०७८ असार ३० गते प्रधानमन्त्रीको पदभार ग्रहण गरेका ओलीले प्रारम्भिक चरणमै भारत भ्रमण गर्ने इच्छा व्यक्त गरे पनि भारतीय पक्षबाट निमन्त्रणा आउन ढिलाइ भएपछि भ्रमण तत्काल हुन सकेको थिएन ।

नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री ओलीको यो भारत भ्रमणलाई दुई देशबीच हाल देखिएको चिसोपन हटाई आपसी विश्वासको वातावरण पुनः निर्माण गर्ने अवसरका रूपमा लिइएको छ ।

यस भ्रमणले नेपाल–भारत सम्बन्धमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ ।

Leave a Comment

सम्बन्धित खबर