
मेराज सल्मानी
नेपालगंज _ भुमि समस्या समाधान आयोग बांकेको २० औं बैठक बांके को कोहलपुर मा सम्पन्न भएको छ।

बैठकमा आयोगका केन्द्रीय बिज्ञ सदस्य डॉक्टर जगत बहादुर बस्नेत, टेक बहादुर शाह र स्थानीय तहका प्रतिनिधिहरू, प्राविधिक तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियबैठकमा भूमिसम्बन्धी समसामयिक समस्याहरूको समीक्षा गर्दै आयोगको हालसम्मको प्रगति, चुनौतीहरू र आगामी कार्य योजना बारे व्यापक छलफल भएको थियो।
सहभागीहरूले भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बस्ती व्यवस्थापनका विषयमा गम्भीर ध्यानाकर्षण गराएका थिए। सो बैठकले कोहलपुर क्षेत्रको १४ वटै वार्ड हरुमा नाप नक्शा भई सके को जग्गा को फ़ील्ड चेक गर्न का लागि नापी अधिकृत राजेन्द्र बहादुर थापा को संयोज्गत मा सर्वेक्षक महेश कुमार पन्त र सूर्य प्रसाद ढकाल सदस्य रहने गरी समिति पनि गठन गरिएको छ ।
बैठकको अध्यक्षता आयोगका बांके जिल्ला अध्यक्ष घन नाथ खनालले गरेका थिए भने अन्य सहभागीहरूले विभिन्न सुझाव, अनुभव र धारणा प्रस्तुत गरेका थिए।

भोलि देखि कोहलपुरको वडा नं २,३ र ५ मा नाप नक्शा भई सके को जग्गा को फ़ील्ड चेक गरी यथा शीघ्र अयोग को जिल्ला समिति बांके मा सत्य तथ्य रिपोर्ट हरु बुझाई बाकी काम लाई अगड़ी बढ़ाउने पनि सो बैठकले निर्णय गरेको छ !!
