
बाँके, ३ साउन २०८२ — बाँकेको जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरबहादुर विश्वकर्मा सेवा निवृत्त भएका छन्।

स्थानीय जनप्रतिनिधि, सेवाग्राही र सरोकारवालाहरूले उनलाई इमान्दार, कुशल, अनुभवी र जनमैत्री प्रशासकका रूपमा प्रशंसा गरेका छन्। छोटो कार्यकालमा नै विश्वकर्माले उत्कृष्ट सेवा प्रवाह गरी सबैको मन जित्न सफल भएको स्थानीयले बताएका छन्।
जनप्रतिनिधिहरूले विश्वकर्माको कार्यशैलीको तारिफ गर्दै भने, “उहाँ एक असल र कुशल प्रशासक हुनुहुन्थ्यो। उहाँको इमान्दारिता, दक्षता र सरल कार्यशैलीले गाउँपालिकाको प्रशासनिक सुधारमा महत्त्वपूर्ण योगदान पुगेको छ।”
स्थानीयबासी र सेवाग्राहीहरूले पनि उनको कार्यकालको खुलेर प्रशंसा गरेका छन्। उनीहरूले विश्वकर्माको सेवा निवृत्त जीवन सफल, स्वस्थ र सुखमय होस् भन्दै शुभकामना व्यक्त गरेका छन्।
