मधेशमा पानीको हाहाकार : दमकलले पानी ओसार्दै, वितरण गर्न सेना खटाइयो

संवाददाता
संवाददाता

काठमाडौं । खानेपानीको हाहाकार भएपछि मधेश प्रदेशको वीरगञ्ज, कलैयासहितका क्षेत्रमा दमकल र ट्यांकरको सहायताले पानी वितरण गर्न थालिएको छ ।

मधेस प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको निर्णयपश्चात वारुणयन्त्रबाट पानी आपूर्ति गर्न प्रदेश सरकारसँग रहेका पाँच हजार लिटर क्षमताका आठवटा वारुणयन्त्र आज वीरगञ्ज पठाइएको छ ।

मुख्यमन्त्री सतिशकुमार सिंहले खानेपानी समस्या समाधानका निम्ति आफू क्रियाशील रहेको बताए । खानेपानीको समस्या भएका स्थानमा वारुणयन्त्र चाबीसै घण्टा परिचालित गरिने जानकारी दिँदै उनले वारुणयन्त्रको व्यवस्थापन र पानी आपूर्ति नेपाली सेनाले गर्ने बताए ।

साथै सेनाले आफूसँग भएका सातवटा ट्याङ्करबाट पनि पानी आपूर्ति गर्ने तयारी गरेको छ । यसअघि वन विभागले तीनवटा ट्याङ्करमार्फत सुक्खाग्रस्त क्षेत्रमा खानेपानी आपूर्ति गर्दै आएको थियो ।

Leave a Comment

सम्बन्धित खबर