नक्कली नोट र लागुऔषधसहित पक्राउ,पत्रकार मनबहादुर सहकारी, संघबाट निलम्बन

संवाददाता
संवाददाता

लुम्बिनी, ३१ असार २०८२ – अनलाइन टिभी पत्रकार संघ नेपाल, लुम्बिनी प्रदेशका सहसचिव तथा जनगर्जन नेटवर्कका सञ्चालक मनबहादुर सहकारीलाई नक्कली नोट र लागुऔषध (अफिम) सहित प्रहरीले नियन्त्रणमा लिएको छ। यस घटनापछि अनलाइन टिभी पत्रकार संघले सहकारीलाई तत्काल प्रभावबाट सम्पूर्ण पद र सदस्यताबाट निलम्बन गरेको हो ।

संघकी सचिव साबित्री गिरीद्वारा जारी प्रेस विज्ञप्तिमा संगठनको मर्यादा, प्रतिष्ठा र आचारसंहिताको सम्मानका लागि यो कदम चालिएको उल्लेख छ। विज्ञप्तिमा भनिएको छ, “कानुनविपरीत गतिविधिमा संलग्न हुने, पत्रकारिताको नैतिकता र अनुशासन उल्लङ्घन गर्ने तथा समाजमा विकृति र भ्रम फैलाउने व्यक्तिको संघमा कुनै स्थान हुने छैन।”

संघले सबै पत्रकारहरूलाई मर्यादित, उत्तरदायी र आचारसंहिताको पालना गर्दै पेशागत जिम्मेवारी निर्वाह गर्न अनुरोध गर्दै भविष्यमा यस्ता गतिविधि दोहोरिएमा कडा कारबाही गर्ने चेतावनी दिदै प्रेस विज्ञप्ति जारी गरेको छ।

Leave a Comment

सम्बन्धित खबर