
नेपालगञ्ज, ३० असार २०८२ – नेपालगञ्जको त्रिभुवन चोक पश्चिम लाइनस्थित एट्रेक्सन ब्युटी पार्लरमा आज दिउँसो करिब १ बजे एक बालक आफ्ना अभिभावकबाट बिछडिएको अवस्थामा फेला परेका थिए। उक्त बालक अभिभावकलाई खोज्दै घुमिरहेको अवस्थामा पार्लरमा पुगेको बताइएको थियो।

पाठक भूसेवा तथा परामर्श केन्द्रका प्रबन्धक जगदम्बा पाठकले सामाजिक सञ्जालमार्फत यो जानकारी सार्वजनिक गर्दै बालकका अभिभावक वा सम्बन्धित व्यक्तिलाई तत्काल सम्पर्क गर्न अपिल गरेका थिए। प्रारम्भिक जानकारीअनुसार बालकको पहिचान र अभिभावकबारे थप विवरण खुल्न बाँकी थियो।
पछि प्राप्त जानकारीअनुसार उक्त बालक आफ्ना अभिभावकको सम्पर्कमा आइसकेका छन्। बालकका अभिभावक जाजरकोट निवासी रहेको र उपचारका लागि नेपालगञ्ज आएको पाठकले बताए।
यस घटनाले अभिभावकहरूलाई आफ्ना बालबालिकासँग सधैं सजग रहनुपर्ने सन्देश दिएको छ। बालकको सुरक्षित पुनर्मिलनले राहतको वातावरण सिर्जना गरेको थियो। सम्बन्धित सबैलाई यो जानकारी तुरुन्त उपलब्ध गराएर सहयोग गरेकोमा पाठक भूसेवा तथा परामर्श केन्द्र र एट्रेक्सन ब्युटी पार्लरलाई जाजरकोट निवासी अभिभावकले धन्यवाद दिएको थिए।
