आगामी आर्थिक वर्षमै मिथेन ग्यासको व्यवसायिक उत्पादन सुरू हुन्छ : प्रधानमन्त्री (पूर्णपाठ)

संवाददाता
संवाददाता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मिथेन ग्यासको परीक्षण उत्पादनपछि आगामी आर्थिक वर्षभित्र व्यवसायिक उत्पादन भइसक्ने बताएका छन् । मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएको बजेट सकेसम्म सन्तुलित रुपमा रहेको अवगत गराउँदै आगामी दिनमा माग र आपूर्तिबिचको सन्तुलन कायमका लागि थप प्रयास गरिने बताएका छन् । 

प्रतिनिधिसभाको मंगलबारको बैठकमा विनियोजन विधेयक तथा खर्च कटौतीको प्रस्तावको सम्बन्धमा राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अन्तर्गतका विभिन्न निकायसँग सम्बन्धित छलफलमा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले राज्यको पर्याप्त क्षमता नहुँदा बजेटमाथि सबै सांसद्हरु सन्तुष्ट हुने स्थिति नआएकाले आगामी दिनमा सन्तुलन कायमको प्रयास गरिने बताएका हुन् । 

‘हामीलाई छिटो र धेरै ठाउँमा विकास चाहिएको छ तर बजेट कम छ । त्यसकारण बजेटमा सबै सांसद् सन्तुष्ट हुन नसक्ने स्थिति हुन सक्छ । माग र आपूर्तिको असन्तुलन मिलाउन आगामी दिनमा ध्यान दिइनेछ’, प्रधानमन्त्री ओलीले भने, ‘हामीलाई लगानीको आवश्यकता रहेको छ । यसका लागि निजी क्षेत्र र वैदेशिक लगानी ल्याउनु परेको छ । लगानीको आवश्यकता विश्लेषण र योजनाका लागि लगानी बोर्डबाट प्रभावकारी काम गरिनेछ ।’

Leave a Comment

सम्बन्धित खबर