ओलीले बुझाए पार्टी सदस्यता शुल्क र लेबी

संवाददाता
संवाददाता

प्रधानमन्त्री समेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बुधबार पार्टीको सदस्यता शुल्क र लेबी बुझाएका छन् । 

एमाले केन्द्रीय कार्यालय, च्यासलको वित्त तथा कोष व्यवस्थापन विभागमा आफैँ पुगेर अध्यक्ष ओलीले आर्थिक दायित्व फरफारक गरेका हुन् । 

अध्यक्ष ओलीलाई केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारी र लेखा प्रमुख राजेन्द्र श्रेष्ठले रसिद बुझाए। एमाले नेता कार्यकर्ताहरूले प्रत्येक वर्ष सदस्यता शुल्क र लेबी बुझाउने गरेका छन् ।  सांसदसहित पार्टीबाट लाभको पदमा नियुक्त भएकाहरुबाट एमालेले लेबी उठाउने गर्छ । 

एमालेको सदस्यता शुल्क वार्षिक ३०० रुपैयाँ रहेको छ । जुन रकमका साथसाथै ओलीले लेबीबापत १२ महिनाको ३ लाख बुझाएका हुन् । ओलीले लेबी र सदस्यता शुल्क गरेर कुल ३ लाख ३०० रुपैयाँ बुझाएको एमालेले जनाएको छ । 

Leave a Comment

सम्बन्धित खबर